ऐतिहाँसिक पृष्ठभूमि
डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका वडा नं. ३ सकायल स्थित श्री जनता मा. वि. सकायलको स्थापना यस क्षेत्रका सामाजिक अगुवा स्व. श्री पदम बहादुर शाहीज्यूले वि. सं. २०२६ सालमा गर्नुभएको थियो । वि. सं. २०३२ साल पौष १ गतेबाट राष्ट्रिय शिक्षा पद्धति लागु भए पश्चात सोही मितिबाट कक्षा ४ देखि ७ सम्मको अनुमति प्राप्त भयो र साविकको जि.शि.का. बाट वि.स.२०४९ मा कक्षा ८ स्वीकृती भयो । २०४६ को राजनैतिक परिवर्तन पश्चात देशमा नया चेतनाको विकाससँगै जिल्लाका सबै क्षेत्रमा मा.वि.हरु खुल्न थाले र यस क्षेत्रका जनताको इच्छा र चाहना र सहयोगले वि.सं. २०५० सालको शैक्षिक शत्रदेखि मा.वि. स्थापना भइ वि.स. २०५१ मा स्वीकृती पायो र नेपाल सरकारले उच्च माध्यमिक शिक्षाको अवधारणा ल्याएपछि, यस विद्यालयले पनि वि. सं. २०६७ सालमा उच्च माध्यमिक विद्यालयको स्वीकृती प्राप्त गर्यो । हाल यो विद्यालय कक्षा १ देखि १२ सम्म सञ्चालित छ । हाल कक्षा ११ र १२ मा मानविकि र शिक्षा समूह अन्तर्गत २ ओटा विषय समूह अन्तर्गतको स्वीकृति प्राप्त गरे पनि शिक्षा समूह मात्रै संचालनमा छ । भौगोलिक अवस्था
डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँ पालिका वडा नं. ३ सकायल अन्तर्गत श्री जनता मा. वि. सकायल जिल्ला सदरमुकाम देखि २४ किलो मिटर टाढा पूर्वमा अवस्थित छ । समुद्र सतहदेखि करिव ७०० मि. उचाइमा अवस्थित र Latitude = 29° 18' 35.73561" Longitude = 80° 43' 38.25584" अवस्थिति भएको यस विद्यालयको वरिपरिको भौगोलिक स्थिति समथर जमिनले बनेको छ । ४-८-२-१ रोपनी क्षेत्रफल भएको यस विद्यालयको पूर्व पट्टि नुवाकोट तथा थाम सामुदायिक वन, पश्चिम पट्टि स्थानिय आरा वसन्तपुर बस्ती र श्री सृजना ई. वो. स्कुल, उत्तरपट्टि सकायल नदी र दक्षिणपट्टि डा. के. आई सिंह लोकमार्ग अवस्थित छ ।
Social Plugin