श्री सम्पूर्ण अभिभावक ज्यू,
विषय : अन्तिम परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा ।
प्रस्तुत विषय सम्बन्धमा यस विद्यालयले मिति २०८१ चैत्र ११ गते देखि ऐ. १८ गते सम्म सञ्चालन गरेको शैक्षिक सत्र २०८१ को (कक्षा ५ र ८ बाहेक) अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित गरीएको व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ । उक्त परीक्षामा ग्रेडेड भएका परीक्षार्थीहरुको सूची यसै सूचना साथ प्रकाशित गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।
साथै, परीक्षाको नतिजा विद्यालयको वेभसाइट www.janatasdadeldhura.edu.np मा समेत अपलोड भैसकेको हुनाले ग्रेडसिट सहितको नतिजा वेभसाइटबाट पनि हेर्न सकिने व्यहोरा सुचित गरिन्छ ।
पुनश्च :
वेभसाइटबाट नतिजा हेर्ने तरिका
१) गुगल कोम अर्थात कुनै सर्च इन्जिनमा www.janatasdadeldhura.edu.np सर्च गर्नुहोस् ।
२) वेभसाइट खुले पछि “अन्तिम परीक्षा २०८१ को परीक्षापल हेर्न यहाँ क्लिक गर्नुहोस्" अंकित सेतो अक्षरमा ब्लिङ्ङ्किङ भइरहेको ट्याबमा क्लिक गर्नुहोस् ।
३) त्यस पछि आफूले हेर्न चाहेको कक्षा छनोट गरी विद्यार्थीको सिम्बोल नं. हालेर "Get Result" मा क्लिक गर्नुहोला ।
0 Comments