Ticker

6/recent/ticker-posts

Ad Code

आउदो औँसीको रात सात ग्रहहरुको परेड हेर्न सकिने

गत पौष महिनादेखि आकाशमा छवटा ग्रहहरु लहरै देखिँदै आएका छन्। अब फागुन १६ गते सातौँ ग्रह बुध एक रातका लागि उक्त दुर्लभ भेलामा सहभागी हुँदै छ। ग्रहहरू धनुषको घेराको आकार बनाएर आकाशमा देखा पर्ने छन्। मौसम बिग्रिएन भने पाँच वटालाई खाली आँखाले देख्न सकिने छ भने दुइटा हेर्न चाहिँ दूरबिन चाहिन्छ। औँसीको रात भएकाले उक्त दिन ग्रहहरू स्पष्ट र अझ चम्किला देखिने छन्। वैज्ञानिकहरूले यसलाई "जीवनमा एक पटक मात्र देख्न पाइने दुर्लभ घटना" भनेका छन्। स्रोत : bbc.com

Post a Comment

0 Comments